प्रतिबन्धित नेकपाका जिल्ला इञ्चार्जसहित ६ जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लमजुङ इञ्चार्जसहित ६ जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयले दोर्दी गाउँपालिका–८ स्थित खिन्चोकबेसीबाट गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेहरूमा रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–२ घर भएका जिल्ला इञ्चार्ज ४२ वर्षीय जङ्गबहादुर भण्डारी (आक्रोश) दोर्दी गाउँपालिका–७ निवासी ४६ वर्षीय जिल्ला सेक्रेटरी बिलबहादुर गुरुङ (गौरव) नेकपाका जिल्ला सदस्यहरुमा मध्यनेपाल नगरपालिका–४ निवासी ६२ वर्षीय नारायणबहादुर कुवर, राईना नगरपालिका–६ निवासी वर्ष ३४ का रविन्द्र नखोला, दोर्दी गाउँपालिका–७ निवासी २२ वर्षीय दुर्गालाल तामाङ, मध्यनेपाल नगरपालिका–१० निवासी २६ वर्षीय सुजन थापालाई विष्पोटक पदार्थसहित गिरफ्तार गरेको प्रहरी डिएसपी गङ्गाबहादुर थापाले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यलयको विशेष टोलीले मङ्सिर ८ गते गिरफ्तार गरेको डिएसपी थापाले बताउनु भयो । खोजतलसको क्रममा नगद रसिदको प्याड सिसाका छर्राहरू फेला पारिएको छ ।
निजहरू उपर विष्फोटक पदार्थसम्बन्धी कसुर आन्तर्गत थप अनुसन्धान भइरहेको डिएसपी थापाको भनाइ छ ।
दलबहादुर मजाकोटी
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्ष ११ महिना १८ दिनका बालकलाई जिल्ला अदालतले फागुन १३ गते ३ वर्ष ४ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश चन्द्रमणी…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १६ गते)
फागुन १६ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
बलात्कारको झुठा उजुरी दिनेलाई कैद र जरिबानाको फैसला
राम्रो बोल्न नसक्ने ३१ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै झुठा उजुरी दिएको कसुरमा उनकी आमालाई फागुन १४ गते एक महिना कैद सजायको फैसला भएको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले…
बादी समुदायको समस्या समाधान गर्न अधिकारर्मीको माग
पाँच दिनदेखि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी आन्दोलनरत सुर्खेत, दैलेख, कालीकोट, जाजरकोटका बादी समुदायको समस्या सम्बोधन गर्न अधिकारकर्मीहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् । गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी…
प्रतिबन्धित नेकपाका तीन जना नेता कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सप्तरी ‘जन सरकार’ प्रमुख खडक नगरपालिका–३ बनरझुल्लाका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डल तथा सिरहा/सप्तरी जिल्ला सदस्यहरु राजबिराज नगरपालिका–४ का उदय उपनामका…