प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज गिरफ्तार

  ०७७ साउन ३ गते

हनेत्रविक्रम चन्द (विप्लव)  नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  रोल्पा  इन्चार्ज  वर्षीय कमल थापालाई चन्दा उठाएको आरोपमा प्रहरीले साउन २ गते गिरफ्तार गरेको छ ।

विभिन्न पेशामा आवद्ध रहेका व्यक्तिहरूबाट धम्की दिएर चन्दा उठाएको आरोपमा गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर गुरुङले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।  थापा अन्य तीन वटा मुद्दाका  फरार आरोपित समेत रहेको डिएसपी गुरुङले बताउनु भयो ।


हरिसरा घर्ती