प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

  ०७७ असार ५ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्ला सदस्य तुलसीपुर उपमनपा१९ का ४० वर्षीय मदन केसीलाई प्रहरीले असार ४ गते गिरफ्तार गरेको छ ।

 आरोपितलाई घोराही उपमनपा१० नारायणपुरबाट गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खडकाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कका बताउनु भयो । प्रहरीका अनुसार तुलसीपुर उपमनपा१ र गढवा गाउँपालिकाका   पाँच वटा स्काइभेटरमा आगजनीमा सङ्लग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ ।

आरोपित केसीको स्वास्थ्य परीक्षण असार ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ   ।                                                          


जयनारायण पुन