प्रतिबन्धित नेकपाका जिल्ला सचिवसहित तीन जना गिरफ्तार

  ०७६ फागुन १९ गते

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका अछाम जिल्ला सचिव सहित तीन जना कार्यकर्तालाई फागुन १८ गते तुर्माखाँद गाउँपालिका– ८ धमालीबाट प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेमा प्रतिबन्धित नेकपाका अछाम जिल्ला सचिव बझाङ जिल्ला केदारस्यूँ गाउँपालिका – ४ घर भएका ३५ वर्षीय भरत मल्ल, सोही पार्टीका जिल्ला सदस्य तुर्माखाँद गाउँपालिका– ८ का ३० वर्षीय तिलक विष्ट, र धकारी गाउँपालिका – १ का २२ वर्षीय प्रेमबहादुर बुढा रहेका छन् ।

तुर्माखाँद गाउँपालिका–८ धमालीमा रहेको एक विद्यालयमा पार्टीको कार्यक्रम सञ्चालन गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय,अछामका डिएसपी दीपक भारतीले जानकारी दिनु भयो ।

गिरफ्तार गरिएका तीनै जनालाई सदरमुकाम मंगलसेन ल्याएर थप अनुसन्धान भइरहेको डिएसपी भारतीको भनाइ छ ।

 


शिवराज ढुंगाना