प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी हतियार सहित गिरफ्तार

  ०७६ पुस २८ गते

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी ३० वर्षीय रेशम सापकोटालाई प्रहरीले ०७६ पुस २७ गते राति गिरफ्तार गरेको छ ।

बेनी नपा–२ भुकुण्डेका सापकोटालाई उनकै घरबाट गिरफ्तार गरेको प्रहरी कार्यालय म्याग्दीका निमित्य प्रमुख इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले बताउनुभयो ।

इन्स्पेक्टर शर्माका अनुसार सापकोटाकोे घरबाट ७ राउण्ड गोली भरिएको म्यागजिन सहितको ३०३ भि ८९४० नम्बरको राइफल, भरुवा बन्दुक एक थान र सोको बारुद छर्राको तीन बट्टा कच्चा पदार्थ, ३ प्याड चन्दा रसिद, विप्लव नेतृत्वको नेकपाको १५ थान दस्तावेज समेत फेला परेको छ ।

 


अमृत बास्कुने