प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार

  ०७६ साउन १२ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कास्की जिल्ला सेक्रेटरी २७ वर्षीय लोकेन्द्र बिक (सुजन)लाई प्रहरीले साउन १२ गते गिरफ्तार गरेको छ ।

 

बिकलाई पोखरा महानगरपालिका–५ मालेपाटनबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

 

यसअघि तनहुँ जिल्ला सेक्रेटरी रहेका बिक तत्कालिन कास्की सेक्रेटरी आक्रोश भनिने जङ्गबहादुर भण्डारीको गिरफ्तारी पछि पोखरा आएका थिए । गिरफ्तारी पश्चात थप अनुसन्धान अगाडि बढाइएको एसपी कार्कीले जानकारी दिए ।


सुशन घिमिरे