प्रतिबन्धित नेकपाका जिल्ला नेता गिरफ्तार

  ०७६ कात्तिक ९ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता ४० वर्षीय गोविन्द केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले कात्तिक ८ गते गिरफ्तार गरेको छ ।

काठेखोला गाउँपालिका–७ का कार्कीलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले मालढुङ्गाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले बताए ।  कार्कीलाई हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको उनकोे भनाई छ ।


सिर्जना पन्त