प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

  ०७६ असोज २५ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला सदस्य वित्थडचिर गाउँपालिका–९ सुनकुडाका ४० वर्षीय देवराज अवस्थीलाई असोज २४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा स्याँडी प्रहरी चौकीबाट खटिएको टोलीले नगदि रसिद ठेलीसहित गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी इश्वरिदत्त पान्डेले बताए ।


रमेश केसी