प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्जसहित दुई जना गिरफ्तार

  ०७६ भदौ २७ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला इन्चार्ज अछाम जिल्ला पञ्चविनायक नगरपालिका–४ की ३८ वर्षीया मिना देवी चलाउने धामी र अनेरास्ववियु (क्रान्तिकारी) बर्दिया जिल्ला अध्यक्ष कैलाली जिल्ला जोशीपुर गाउँपालिका–१ का २३ वर्षीय लोकेन्द्र जोशीलाई प्रहरीले भदौ २६ गते माछागढबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा विष्फोटक पदार्थ राख्नमा संलग्नता रहेको आरोपमा बाँसगढी नपा–९ माछागढबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण वलीले बताए ।

आरोपितद्वयलाई  जिल्लाका विभिन्न विद्यालयमा सङ्गठन विस्तार अभियान चलाएर फर्कँदै गर्दा गिरफ्तार गरिएको प्रहरी जनायो ।


मानबहादुर चौधरी