प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य पुनः गिरफ्तार

  ०७७ असार १६ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  केन्द्रीय सदस्य ५९ वर्षीय चन्द्रबहादुर चन्दलाई प्रहरीले जिल्ला  अदालतको गेटबाट असार १५ गते  पुनः गिरफ्तार गरेको छ ।

जिल्ला अदालतबाट असार १५ गते सङ्गठित अपराध सम्बन्धि मुद्दामा १५ हजार धरौटीमा रिहा भएका  चन्दलाई पुनः गिरफ्तार गरी सङ्गठित अपराधकै मुद्दामा काभ्रे जिल्ला पठाइएको इन्सेक प्रतिनिधिसँगको भेटमा डिएसपी सुमित खड्काले  बताउनु भयो ।

प्रहरीले आरोपित सहित  २१ जना नेता कार्यकर्तालाई  राप्ती व्यूरो स्तरीय बैठक बसीरहेको बेला राजपुर गाउँपालिका–४ मङ्ग्रैठा जङ्गलबाट ०७६ असोज ३० गते गिरफ्तार गरेको थियो ।

प्रहरीले ०७६ पुस ४ गते सङगठित अपराध लगायतका मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले ०७६ पुस ७ गते जनही १५ हजार रुपियाँ  धरौटीमा छोड्न आदेश दिएपनि पुनः गिरफ्तारीमा पर्ने भएकाले चन्द्रबहादुर  धरौटी नबुझाएर थुनामा बस्नु भएको थियो ।

photo2020063001dang


जयनारायण पुन