प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य पुनः गिरफ्तार

  ०७६ फागुन १५ गते

प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य एवम पूर्व राज्य मन्त्री नविन विश्वकर्मा र काठमाणडौँ उपत्यका व्यूरो इन्चार्ज तथा पूर्व संविधान सभा सदस्य धरेन्द्रा उपाध्यायलाई प्रहरीले कालिकोट जिल्ला सदरमुकामबाट फागुन १३ गते साँझ पुनः गिरफ्तार गरेको छ ।

काठमाण्डौबाट गिरफ्तारमा परेको सात महिनापछि विष्फोटक पदार्थको मुद्दामा कालिकोट जिल्ला पुर्‍याइएका केन्द्रीय सदस्य विश्वकर्मा र उपाध्यायलाई प्रहरीले फागुन १३ गते जिल्ला अदालत कालिकोटमा पेस गरेको थियो ।

जिल्ला अदालत कालिकोटले साधारण तारेखमा थुनामुक्त गरेसँगै जिल्ला प्रहरी कार्यालयको अघि पुग्नु भएका विश्वकर्मा र उपाध्यायलाई हातहतियारसम्बन्धी अर्काे मुद्दा लगाई गिरफ्तार गरिएको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामवावु ओलियाले बताउनु भयो ।

प्रहरीले गिरफ्तार गरेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
2020227 Kalkot Resize 4 Resize 5


कालीबहादुर मल्ल