प्रतिबन्धित नेकपाका कास्की इञ्चार्ज पुनः गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा कास्कीका जिल्ला इञ्चार्ज कृष्ण वाग्ले ‘रूपेश’ लाई असोज ९ गते प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
वाग्लेलाई जिल्ला अदालत, कास्कीका न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले असोज ९ गते साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
रिहाइको आदेशपछि अदालतबाट बाहिरिने क्रममा वाग्लेलाई प्रहरीले पुनः गिरफ्तार गरेको हो । तर, जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी राजकुमार केसीले भने वाग्लेलार्ई कास्की प्रहरीले गिरफतर नगरेको बताए ।
गिरफतर गरिएका वाग्लेका दाजु मुकेश वाग्लेले गिरफ्तार गरेर गोरखा लगिएको भन्ने खबर पाएका कारण आफू जिल्ला प्रहरी कार्यालय, गोरखा जान लागेको बताए । वाग्लेलाई प्रहरीले यसअघि भदौ ६ गते पोखरा मनपा–२७ शिशुवाबाट गिरफ्तार गरेको थियो ।
वाग्लेका विरूद्ध राज्यविरूद्धको कसुर, पोखरा सस्तो बजारमा भएको विष्फोटनसम्बन्धी र एनसेल टावरमाथि आक्रमण गरेको लगायतका तीन ओटा विषयमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
सुशन घिमिरे
संबंधित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शम्भुनाथ नपा–१२ कुशहाका ४५ वर्षीय लक्ष्मी साह, ४० वर्षीय अनीलकुमार राय अमात, ३५ वर्षीय नसिम मियाँलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरेको छ…
लुकाएर राखेको बम विष्फोट, घरधनी गिरफ्तार
गढवा गाउँपालिका–२ स्थित पक्की घरमा लुकाएर राखिएको बम विस्फोट भएपछि घरधनी ४३ वर्षीय घनश्याम चौधरीलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरेको छ । घरको माथिल्लो तलामा राखिएको बम मङ्सिर २५…
दलितको बिहेमा गैरदलितद्वारा भोज बहिष्कार
बेसीशहर नगरपालिका–३ स्थित बिकको घरमा भएको विवाह कार्यक्रममा छुट्टै भान्छाको व्यवस्था नभएको भन्दै गैरदलितहरूले सामूहिक रूपमा भोजलाई बहिष्कार गरेका छन् । मङ्सिर २५ गतेको विवाह कार्यक्रममा स्थानीयवासी गैरदलितलाई पनि निम्तो…
प्रदेश २ मा दलित सशक्तिकरण ऐन, २०७५ प्रमाणिकरण
प्रदेश–२ मा प्रदेश सभाले सर्वसम्मत रुपमा पास गरेको ‘दलित सशक्तीकरण ऐन, २०७५’ प्रमाणिकरण भएको छ । संविधानको धारा १९७ ले दिएको अधिकार प्रयोग गरी प्रदेश–२ ले बनाएको यो ऐनलाई प्रदेश…
वडा कार्यालयमा अज्ञात पक्षबाट आगजनी
भोजपुरमा दुई ओटा वडा कार्यालयमा अज्ञात पक्षले आगजनी गरेको छ । मङसिर २४ गते राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका…