प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

  ०७६ फागुन १३ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित  नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता दाङ जिल्ला  राप्ती गाउँपालिका –२ का ३३ वर्षीय सुरज परियार र कपिलवस्तु जिल्ला बाणगङ्गा गाउँपालिका –८ का ३२ वर्षीय विष्णुबहादुर राउतलाई प्रहरीले फागुन ११ गते पुनः गिरफ्तार गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले फागुन ११ गते जनही २ हजार रूपियाँ धरौटीमा रिहा गरेका आरोपितलाई प्रहरीले पुनः गिरफ्तार गरेको हो । आरोपितद्वयलाई अर्घाखाँची पठाएको जिल्ला प्रहरी कार्यालयका असई मोहन केसीले बताउनु भयो ।

आरोपितद्वयलाई प्युठान प्रहरीले माघ १२ गते  गिरफ्तार गरी फागुन ६ गते रोल्पा पठाएको थियो ।


हरिसरा घर्ती