प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार
सर्वोच्च अदालतले थुना मुक्त गरेकै दिन नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी नेता ३५ वर्षीय बबरजङ्ग बहादुर सिंहलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
असार २७ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि कैलाली जिल्ला अदालतले रिहा गरेको थियो ।
रिहा गरेपछि अदालत परिसरबाटै प्रहरीले गिरफ्तार गर्न खोज्दा आरोपित मोटरसाइकलमा भागेका थिए । भाग्ने क्रममा प्रहरीले धनगढी उमनपा–१२ जुगेडाबाट गिरफ्तार गरेको थियो ।
विप्लव समुहका विद्यार्थी सङ्गठनका अध्यक्ष रहेका सिंह धनगढी उमनपा–१६ बाट ०७६ वैशाख २७ गते गिरफ्तारीमा परेका थिए ।
राजद्रोह र सङ्गठित अपराधको मुद्दामा ५ लाख रुपियाँ धरौटीमा कैलाली जिल्ला अदालतले छोड्न आदेश दिएको थियो ।
५ लाख रुपियाँ धरौटी नबुझाएका कारण जिल्ला अदालतले जेठ १५ गते कारागार चलान गरिएको थियो ।
०७६ जेठ ३ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेका सिंहलाई सर्वोच्चले बिना कारण गिरफ्तार गरिएको भन्दै असार २७ गते थुनामुक्त गर्न आदेश दिएको थियो ।
तर, थुनामुक्त हुने बित्तिकै प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको, जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेले बताए ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…