प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ माघ  १५ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट जनप्रतिनिधि परिषद्का जिल्ला अध्यक्ष मधुवन–८ का ६६ वर्षीय जयबहादुर ठाडामगर र जिल्ला सदस्य बढैयाताल गाउँपालिका–४ का ५० वर्षीय रोहितकुमार सुनारलाई प्रहरीले माघ १४ गते गिरफ्तार गरेको छ ।

मधुवन नगरपालिका–४ महुवास्थित बबई नहरमा आरोपितहरूलाई गिरफ्तार गर्ने क्रममा आफैले बोकेको पेस्तोल पड्किदा  प्रहरी जवान ३२ वर्षीय गङ्गाराम चौधरी  घाइते भएका छन् । दायाँ तिघ्रामा गोली लागेका  गंगारामलाई उपचारकालागि भेरी अस्पताल, नेपालगन्जमा लगिएको जिल्ला प्रहरी कार्यालयका डिसपी योगेन्द्र कुमार खड्काले बताउनु भयो ।

मगर र सुनारको स्वास्थ्य परीक्षण  माघ १४ गते जिल्ला अस्पताल गुलरियामा गरिएको प्रहरीले जनायो ।

 


मानबहादुर चौधरी