प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ माघ ११ गते

नेत्रविक्रम चन्द(विपल्व) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई कार्यकर्तालाई ०७६ माघ १० गते राति प्रहरीले गिरफ्तार गरेको छ ।

किसान संगठनका जिल्ला अध्यक्ष समेत रहेका शहिद लखन गाउँपालिका–४ ताक्लुङ स्थायी घर भएका ४८ वर्षीय रोहित प्रसाद पन्त र जनपरिषद प्रमुख रहेका गण्डकी गाउँपालिका–७ घ्याल्चोक स्थायी घर भएका ६७ वर्षीय विष्णु प्रसाद रिजाललाई गोरखा नपा–१० विरेन्चोकबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले ०७६ माघ १२ गते उनीहरु लाई मुद्दा दर्ता गरि कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

अहिले अनुसन्धानको चरणमा रहेकाले के शिर्षकमा मुद्दा दर्ता गर्ने निक्यौल भइनसकेको प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती