प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाट पुनः गिरफ्तार

  ०७६ माघ ४ गते 

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्ति मोर्चाका अध्यक्ष ३३ वर्षीय सुरज परियार र पार्टी सदस्य कपिलवस्तु जिल्ला बाणगङ्गा नपा–८ का ३२ वर्षीय विष्णुबहादुर रावतलाई प्रहरीले माघ ३ गते अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ ।

जिल्ला अदालतबाट पुस ७ गते धरौटीमा रिहा गर्न आदेश पाएका आरोपितले धरौटी बुझाएर जिल्ला अदालतबाट बाहिर जाने क्रममा प्रहरीले गिरफ्तार गरेको हो ।

आरोपितहरूलाई प्रहरीले ०७६ असोज ३० गते राजपुर गाउँपालिका–४ मुग्रेटाबाट गिरफ्तार गरी राज्य विरूद्धको सङ्गठित अपराधमा मुद्दा चलाएको थियो ।

 

 


जयनारायण पुन