प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ असार २४ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराईलाई असार २३ गते परशुराम नगरपालिका–५ परिगाँउबाट प्रहरीले गिरफ्रफ्तार गरेको छ ।

वडा कार्यालयहरूमा तालाबन्दी गर्ने र विभिन्न स्थानमा बमराखी जनतालाई त्रसित गर्ने गतिविधिमा संलग्न भएको भन्ने सूचनाका आधारमा कार्यकर्ताद्वयलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वरीदत्त पाण्डेले बताए ।

विशेष सूचनाका आधारमा दुवै जनालाई गिरफ्तार गरी थप अनुसन्धानका लागि चैत २३ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको इन्स्पेक्टर पाण्डेयले बताए ।


भुपेन्द्र विष्ट