प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ मङ्सिर ६ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका इन्चार्ज सानोभेरी गाउँपालिका–२ रूकुमका ४२ वर्षीय कमानसिङ् नकाल र म्याग्दी जिल्लाकै सेक्रेटरी बाग्लुङ नपा–३ का ४८ वर्षीय बाबुलाल शाक्यलाई मङ्सिर ३ गते प्रहरीले गोरखा नगरपालिका–१३ बाट गिरफ्तार गरेको छ ।

उनीहरूलाई मङ्सिर ४ गते जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक शान्ति विरूद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मित्रबन्धु शर्माले बताउनुभयो ।


हरिराम उप्रेती