प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ मङ्सिर ३ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ४८ वर्षीय नन्दराम थापालाई जिल्ला प्रहरी कार्यालय बागलुङले मङ्सिर २ गते उनकै घरबाट गिरफ्तार गरेको छ ।

जिल्ला अदालत बागलुङको फरार सूचीमा रहेका थापालाई गिरफ्तार गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ । गिरफ्तार भएका थापालाई राज्यविरूद्ध कसुरको मुद्दा दर्ता गर्ने तयारी भएको प्रहरीले जनाउको छ ।


सिर्जना पन्त