प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ कात्तिक २२ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका बाग्लुङ जिल्ला सदस्य ३१ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय, गोरखाले कात्तिक २२ गते गिरफ्तार गरेको छ ।

बाग्लुङ जिल्ला ढोरपाटन नपा–६ घर भएका भण्डारीलाई गोरखा नपा–१३ मझुवा देउरालीबाट गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी ओम अधिकारीले बताए ।

सार्वजनिक हित विरूद्धको कसुर गरेको आरोपमा भण्डारीलाई गिरफ्तार गरिएको एसपी थापाले जानकारी दिए ।


हरिराम उप्रेती