प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ कात्तिक ६ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको युवा सङ्गठन, म्याग्दीका अध्यक्ष मालिका गाउँपालिका–१ निस्कोटका २६ वर्षीय धनबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालय, म्याग्दीले गिरफ्तार गरेको छ ।
अध्यक्ष पुनलाई कात्तिक ४ गते मालिका गाउँपालिका–६ दरवाङबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।
स्थानीयले दिएको सूचनाका आधारमा पुनलाई दरवाङबाट गिरफ्तार गरेर हाल जिल्ला प्रहरी कार्यालय, म्याग्दीस्थित हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी मरासिनीले बताए ।


अमृत बास्कुने