प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ कात्तिक १ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का दुई जना कार्यकर्तालाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा मध्यबिन्दु नपा–१० घर भएका सो पार्टीका जिल्ला सदस्य ३५ वर्षीय गणेश बिक ‘गुराँस’ र रूकुम (पश्चिम) जिल्ला चौरजहारी नपा–३ घर भएका २६ वर्षीय गोविन्द बिक रहेका छन् ।

उनीहरू दुवैजनालाई कात्तिक ३० गते बेलुकी मध्यबिन्दु नपा–१० मजुवाखोलाबाट गिरफ्तार गरेर हाल हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।


तिर्थराज डुम्रे