प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ असोज १६ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला नेता मार्मा गाउँपालिका–२ मटेलाका विनोद भट्ट भनिने बसुन्धराप्रसाद भट्टलाई प्रहरीले असोज १४ गते गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरले भट्टलाई गोकुलेश्वरबाट मार्मा जाने क्रममा गिरफ्तार गरेको जनाएको छ ।

गिरफ्तार गरिएका भट्टलाई असाज १५ गते जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी दिपेन्द्रबहादुर शाहीले बताए ।


नरेन्द्रसिंह कार्की