प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ असोज १४ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गल्कोट नपा–११ मझुवा बस्ने २८ वर्षीय सुदर्शन नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेपालीलाई प्रहरीले असोज १३ गते उनकै गाउँबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए ।

नेकपाको गल्कोट नगर इञ्चार्ज समेत रहेका नेपालीले स्थानीय व्यवसायीलाई डर धम्की देखाएर चन्दा असुली गर्ने गरेका कारण गिरफ्तार गरेर अनुसन्धान गरिरहेको एसपी भट्टले जानकारी दिए ।


सिर्जना पन्त