प्रतिबन्धित नेकपाका कार्यकर्ताको कुटपिटबाट कर्मचारी घाइते
सोरु गाउँपालिकाका प्रशासकीय अधिकृत ३५ वर्षीय परशुराम उपाध्यायलाई असोज १३ गते सदरमुकाम गमगढीबाट आफ्नो कार्यक्षेत्र जाँदै गर्दा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताको कुटपिटबाट घाइते भएका छन् ।
सुर्खेत जिल्ला चिङगाड गाउँपालिका–१ स्थायी घर भएका उपाध्याय गमगढीबाट गाउँपालिकाको कार्यालय रहेको सोरुकोट जानेक्रममा सोही गाउँपालिका–७ सिप गाउँमा बिहानको खान खाएर बाटोमा हिँड्न लाग्दा नौ जनाको समूहमा आएका प्रतिबन्धित नेकपाका कार्यकर्ताले कुटपिट गर्दा घाइते भएको स्थानीयले बताए ।
उपाध्याय सहित गाउँपालिकाका अन्य ६ जना कर्मचारी बिहान ८ बजे सदरमुकाम गमगढीबाट आफ्नो कार्यक्षेत्र गएका थिए ।
सिप गाउँमा बिहानको खान खाएर सोरुकोट जान लाग्दा नौ जनाको समूहमा अनुहारमा मखुण्डो (मास्क) लगाएर लुकेर बसेका प्रतिबन्धित नेकपाका कार्यकर्ताले अधिकृत उपाध्यायको टाउको र शरीरको अन्य अङ्गमा लाठी प्रहार गर्दा उनी घाइते भएका थिए ।
उपाध्यायलाई बचाउने प्रयास गर्दा आफूलाई पनि मास्क लगाएका प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ताले कुटपिट गर्दा घाइते भएको सोही गाउँपालिक कृषि शाखाका प्राविधिक रतनलाल साहनीले बताए ।
मास्क लगाएको समूहले सुरूमै लाठी र दाउराले उपाध्यायलाई कुटपिट गरेपछि बचाउन खोज्दा आफूलाई समेत लाठी र दाउराले कुटपिट गरी खेतमा लडाएको गाउँपालिकाका कार्यालय सहयोगी रणभिम शाहीले बताए ।
कुटपिटबाट घाइते भएका उपाध्यायलाई बिहान ११ बजे घटना भएलगत्तै स्थानीय र गाउँपालिकाका कर्मचारी मिलेर दिउँसो २ बजे जिल्ला अस्पताल, मुगु पुर्याएका थिए ।
उपाध्यायको टाउकोका दुई ठाँउमा डेड इन्च गहिरो काटिएकोमा थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल, मुगुले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ घटनमा संलग्न व्यक्तिहरूको खोजीका लागि सोरुकोट, कालै र श्रीकोट प्रहरी चौकीका प्रहरीलाई तीन युनिट बनाई परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय, मुगुका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए ।
घाइते भएका प्रशासकीय अधिकृत उपाध्यायको थप उपचारका लागि नेपालगञ्ज पठाउन गृह मन्त्रालयसँग समन्वय गरी हेलिकप्टर मगाउने तयारी गरिरहेको डिएसपी शाहले बताए ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाईे बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका– १ का अध्यक्ष ३५ वर्षीय सरदसिंह नेगी र सोही ठाउँका ४० वर्षीय केशबसिंह नेगीलाई असार १४ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको भन्दै…
प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरूद्ध उजुरी
कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा मोसो दलेर दुर्व्यवहार व्यवहार गरेको आरोपित औरही गाउँपालिका–१ बस्ने…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पटेर्वा सुगौली गाउँपालिका–१ गदीयानी टोलका ५० वर्षीय जादु राउत गद्धीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार १४ गते उजुरी दिएको छ । पीडित बालिकालाई…
यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले सुरूङ्गा नगरपालिका–४ मधुपट्टीका ३० वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई असार १४ गते गिरफ्तार गरेको छ । गाउँघरमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरी…