प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ असार २४ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कार्यकर्ता मङ्गलसेन नगरपालिका–१३ निवासी २१ वर्षीय सिद्धार्थ थापालाई प्रहरीले असार २३ गते गिरफ्तार गरेको छ ।

मङ्गलसेन नगरपालिका–१३ को वडा कार्यालयमा असार २१ गते राति तालाबन्दी गरेको आशङ्कामा थापालाई घरबाटै गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछाम डिएसपी जनकबहादुर शाहीले बताए ।

अछामका दुई नगरपालिका र दुई गाउँपालिकाका ११ वडा कार्यालयमा असार २१ गते राति प्रतिबन्धित नेकपाले तालाबन्दी गरेको थियो ।


शिवराज ढुङ्गाना