प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ असोज ७ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य माण्डवी गाउँपालिका–४ का ४२ वर्षीय मनबहादुर बिकलाई प्रहरीले असोज ५ गते गिरफ्तार गरेको छ ।

बिकलाई घरैबाट गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए ।


रविन्द्र पाण्डे