प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ असोज १ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सिरानचोक गाउँपालिका-३ हर्मीस्थित बयापानी बस्ने ४३ वर्षीय चिनकाजी बिकलाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ ।

सरकारद्वारा प्रतिबन्धित गतिविधिमा संलग्न रहेको आरोपमा बिकलाई वयापानीबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी ओम अधिकारीले जानकारी दिए ।

बिकका विरूद्ध असोज १ गते सार्वजनिक शान्ति विरूद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको एसपी अधिकारीले बताए ।


हरिराम उप्रेती