प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ भदौ २६ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बाँसगढी नगरपालिका- ३ लखनाका ४५ वर्षीय अभिशेक भनिने पुरन वलीलाई प्रहरीले भदौ २४ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

बाँसगढी बजार लगायतका स्थानमा पटकपटक विष्फोटक पदार्थ राखेर आतङ्क फैलाएको आरोपमा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय मोतिपुरका इन्स्पेक्टर इन्द्रजीत सुनारले बताए ।


मानबहादुर चौधरी