प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
चुरे गाउँपालिका–६ निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता ३८ वर्षीय रमेश थापालाई असार २२ गते प्रहरीले गिरफ्तार गरेको छ ।
फल्टुडेबाट मोटरसाइकलमा आइरहेको बेला प्रहरीलाई देखेपछि भाग्ने क्रममा इलाका प्रहरी कार्यालय, फल्टुडेमा कार्यरत प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।
आरोपितसँग चन्दा असुलीका रसिद, पर्चा पम्पलेट र डायरी फेला परेको हुनाले चन्दा असुली कसुरमा असार २२ गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बस्नेतले बताए ।
गिरफ्तार गरिएका थापाकी बहिनी प्रतिभा थापाले दाजु घरायसी कामको सिलसिलामा फल्टुडे बजार गएको अवस्थामा प्रहरीले गिरफ्तार गरी कुटपिट गर्दै जिल्ला प्रहरी कार्यालयमा बुझाएको आरोप लगाइन् ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…