प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा आत्मसमर्पण

  ०७६ साउन २८ गते

जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गर्न आएका खाँडादेवी गाउँपालिका-१ राकाथुमका नेत्रविक्रम चन्द (विप्लव) नेत्रृत्वको नेपाल कम्युष्टि पार्टीका जिल्ला कमिटी सदस्य ४९ वर्षीय कालमान तामाङ र सोही ठाउँ बस्ने सोही पार्टीका जिल्ला कमिटि सदस्य ४६ वर्षीय जसबहादुर तामाङलाई प्रशासनले साउन २७ गते इन्सेक जिल्ला प्रतिनिधि नवराज पथिक र जिल्लाका पत्रकार सुमित श्रेष्ठ तथा दीपक भट्टको रोहवरमा छाडिदिएको छ ।

पार्टीको हिंसात्मक गतिविधि आफूहरूलाई उचित नलागेको भन्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी तथा जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी सन्तोषकुमार भट्टराई समक्ष आत्मसमर्पण गरेका हुन् ।

हिंसात्मक गतिविधिका काम त्याग गरी साधारण नागरिकको रूपमा जीवन यापन गर्ने गरी आत्मसमर्पण गरेको उनीहरूले बताए ।

आत्मसमर्पण पछि उनीहरूलाई साउन २७ गते नै छाडिएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले बताइन् ।


नवराज पथिक