प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

  ०७६ साउन २६ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाका कार्यकर्ता टिकापुर नपा—१ का ३३ वर्षीय पुर्णबहादुर खड्कालाई  साउन २५ गते प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

गत वैशाख १३ गते गिरफ्तारमा परेका खड्का जिल्ला प्रशासन कार्यालयमा साउन २५ गते १० हजार रुपियाँ धरौटी बुझाएर रिहा भएका थिए । रिहा भए लगतै जिल्ला प्रशासन परिसरबाटै प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रशासनले बताए ।

यसअघि खड्काविरूद्ध राजद्रोह र सार्वजनिक अपराध गरेको अभियोगमा प्रहरीले मुद्दा चलाएको थियो । खड्का पुनः गिरफ्तार भएको कुरा आफूलाई कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यलयका एसपी सुदिप गिरीले बताए ।


मैनामोती चौधरी