प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ साउन २२ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका सुर्खेत जिल्ला कमिटी सदस्य बराहताल गाउँपालिका-९ बस्ने ५१ वर्षीय हिरालाल सुनारलाई प्रहरीले बराहताल गाउँपालिका-१० ओदाल तालबाट गिरफ्तार गरेको छ ।

पार्टीको दस्तावेज सहित साउन २१ गते गिरफ्तार गरिएका सुनारलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।


दुर्गा थापा