प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाट पुनः गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिलदेव भट्टलाई प्रहरीले असार २२ गते बेलुकी उच्च अदालत पोखरा गेटबाट गिरफ्तार गरेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरालाई विपक्षी बनाई योगेन्द्र कुमाल र कपिल भट्टका तर्फबाट सुप्रभा भट्टले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा असार २२ गते उच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर कार्की र डालबहादुर खड्काको इजलासले रजिष्ट्रार जितेन्द्रबाबु थपलियाको रोहबरमा रिहा गर्न आदेश दिएको थियो ।
तर, आदेश लगत्तै वडा प्रहरी कार्यालय, बैदामको टोलीले उनीहरूलाई सार्वजनिक अपराध मुद्दामा गिरफ्तार गरेको हो ।
गिरफ्तार गरिएका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कास्की पठाइने वडा प्रहरी कार्यालयका डिएसपी कोमल शाहले जानकारी दिए ।
यसअघि जिल्ला प्रशासन कार्यालय तनहुँले भट्टलाई असार ८ गते र कुमाललाई असार १३ गते जनही २ हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
उनीहरू दुवैजना महिला प्रहरीलाई अभद्र व्यवहार गरेको मुद्दामा थुनामा थिए । धरौटी रकम बुझाएर रिहा गर्ने आदेश दिएपनि दुवै जनाले सो दिन धरौटी बुझाउन इन्कार गरेका थिए ।
असार १७ गते इन्सेकका तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईको रोहबरमा धरौटी रकम बुझाएर रिहा हुने क्रममा दुवैलाई जिल्ला प्रहरी कार्यालय, गोरखाको पत्र अनुसार तनहुँ प्रहरीले पुनः गिरफ्तार गरेको थियो ।
असार १७ गते नै गोरखा पठाइएका उनीहरू विरूद्ध गोरखामा बम विष्फोटमा संलग्न भएको मुद्दा दर्ता भएको थियो ।
यसअघि उच्च अदालत पोखराको आदेशमा जेठ १४ गते रिहा भएका भट्टलाई आँबुखैरेनी प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । त्यस अघि उनीहरू दुवैलाई वैशाख २७ गते गोरखाबाट प्रहरीले गिरफ्तार गरेको थियो ।
सुशन घिमिरे
संबंधित समाचारहरू
वडा कार्यालयद्वारा बहुविवाहलाई विवाह–दर्ता !
घरदैलोमा सेवा प्रभावकारिता बढाउन स्थानीय सरकार रहेपनि कार्यान्वयन गर्ने निकायको लापरवाहीले कतिपय अवस्थामा सेवाग्राहीले सास्ती पाइरहेका छन् । महाबु गाउँपालिका–५ काँशीकाँधकी २४ वर्षीया भावना थापामगरले पनि सास्ती भोग्नुपरेको बताउनुभएको छ…
दुर्गमका प्रसूति केन्द्रमा समस्यै समस्या
दुर्गम जिल्लामा रहेका गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमै सुत्केरी गराउने उद्धेश्यले प्रसूति केन्द्र स्थापना गरिएपनि आवश्यक पुर्वाधारको व्यवस्था नहुँदा समस्या भएको छ । त्रिपुरासुन्दरी नपा–१ त्रिपुराकोटबगरस्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा रहेको प्रसूति…
बाल सुधार गृहमा क्षमता भन्दा दोब्बर बन्दी, व्यवस्थापनमा समस्या
दिपायल सिलगढी नगरपालिकास्थित सिलगढी बाल सुधार गृहमा क्षमताभन्दा बढी बालकहरू राखिँदै आएका कारण उनीहरूले विभिन्न प्रकारको समस्या झेल्नु परेको छ । क्षमताभन्दा दोब्बर बढी बालकहरू राखिएका कारण उनीहरूलाई शौचालय प्रयोग…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाह्रविसे नपा ९ का २९ वर्षीय दिनेश तामाङलाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर १४ गते जङ्गलको…
जिल्ला अस्पतालमा एक महिनादेखि खानेपानीको अभाव
बेसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालमा एक महिनादेखि खानेपानीको अभाव भएको छ । अस्पतालका व्यवस्थापक हेमन्त श्रेष्ठका अनुसार यो महिनाको चारपाँच दिन त पानीको हाहाकार नै भएको थियो । पानीको…