प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ साउन २१ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का जिल्ला सदस्य गैँडाकोट नपा-१४ का ६८ वर्षीय काशीराम कँडेललाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ ।

जिल्ला अदालतको सवारी र एनसेल टावर आगजनीमा कँडेलको संलग्नता भएको आशङ्कामा उनलाई गाउँबाटै गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।


तिर्थराज डुम्रे