प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ साउन १९ गते

गजुरी गउँपालिका–६, आदमघाटबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्तालाई प्रहरीले साउन १८ गते गिरफ्तार गरेको छ ।

 

गल्छी गाउँपालिका–३ कल्लेरी निवासी नेकपाका गाउँ कमिटी सदस्य ३३ वर्षीय टिका खतिवडालाई गिरफ्तार गरेको नेकपा जिल्ला सेक्रेटरी बुद्धले साउन १९ गते प्रेस विज्ञप्ति प्रकाशन गरी जानाकारी गराए ।

 

खेतको काम सकेर बसिरहेको अवस्थामा गिरफ्तार गरिएकाले तत्काल रिहाइको लागि प्रेस विज्ञप्तिमार्फत माग गएिको छ ।

 

साउन १७ गते धादिङमा एनसेलका तीनओटा टावरमा आगजनी गरिएपछि सोही आरोपमा खतिवडालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।


सीताराम अधिकारी