प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ साउन १९ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य घोराही उपमनपा–१५ का २९ वर्षीय हेमन्त जिसीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

 

घोराही–लमही सडक खण्डको घोराही उमनपा–१८ डबरी चोकमा साउन १८ गते राति सवा नौ बजेतिर जाँचका क्रममा लु १ च ७४४३ नम्वरको जीपबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।


जे.एन.सागर