प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएकाहरूमा सुर्खेत जिल्ला पञ्चपुर नगरपालिका–१ निगाहापुर घर भएका सो पार्टीका सचिवालय सदस्य ५७ वर्षीय धर्मेन्द्र बास्तोला, कालिकोट जिल्ला रास्कोट नगरपालिका–३ स्युनापानीका ४२ वर्षीय विवेक कुमाल र सिन्धुली जिल्ला हरिपुर गाउँपालिकाका ३५ वर्षीय टीकाराम रखाल मगर रहेका छन् ।
बास्तोलासहित नेताहरूले राजनीतिक प्रशिक्षण सञ्चालन गरिरहेको अवस्थामा पुस २९ गते साँझ गिरफ्तार गरेको नेपाल बार एसोएसिएसन नेपालका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले बताउनु भयो ।
त्यसक्रममा प्रहरीले एक थान ल्यापटप, आइफोन दुई थान र केही नगद समेत नियन्त्रणमा लिएको अधिकारीले जानकारी दिनुभयो ।
उनीहरूलाई माघ २ गते ललितपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी हातहतियार तथा बिस्फोटक पदार्थसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।
दीपकप्रसाद घिमिरे
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…