प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले सोलुखुम्बु, सोताङ गाउँपालिका–४ का २२ वर्षीय बागध्वज भनिने केवी तामाङलाई मङ्सिर ३० गते हतियारसहित गिरफ्तार गरेको छ ।
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जङ्गलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले तामाङलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमोरियाले बताउनु भयो ।
प्रतिबन्धित पार्टीका कार्यकर्ता जङ्गलमा सेल्टर बनाएको सूचनाका आधारमा छापा मार्दा एक नाल भरूवा बन्दुक, पेस्तोल तथा राईफलको ७३ राउण्ड गोली, प्रयोगमा ल्याइसकिएको १७ थान खुला सीम कार्ड, प्रयोगमा ल्याउन बाँकी रहेका १२ थान सीम कार्ड, झोला चार थान र कम्मरमा बाँध्ने झोला दुई थान लगायतका बन्दोवस्तीका सामान नियन्त्रणमा लिएको डिएसपी चिमोरियाले बताउनु भयो ।
तामाङको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १ गते गरिएको छ ।
रामधन राई
सम्बन्धित समाचारहरू
वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १७ गते)
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर…