प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७७ मङ्सिर ३० गते

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासम्बद्ध किसान सङ्घका जिल्ला कमिटी सदस्य पलाँता गाउँपालिका–८ का  ५३ वर्षीय मनरुप सुनारलाई प्रहरीले मङ्सिर २९ गते घरबाटै गिरफ्तार गरेको छ ।

बाजुरा जिल्लामा कार्यक्षेत्र बनाएर लुकीछिपी कार्यक्रम गर्दै सङ्गठन विस्तार गरिरहेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले बताउनुभयो ।

सुनारको स्वास्थ्य परीक्षण मङ्सिर ३० गते जिल्ला अस्पताल कालिकोटमा गरिएको निमित्त स्वास्थ्य सेवा प्रमुख डाक्टर भिष्म पोखरेलले बताउनु भयो ।


कालीबहादुर मल्ल