प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७७ मङ्सिर २४ गते

प्रतिबन्धित नेकपाका जिल्ला कमिटी उपाध्यक्ष र जिल्ला सदस्यलाई प्रहरीले ०७७ मङ्सिर २२ गते गिरफ्तार गरेको छ ।

आठवीसकोट नगरपालिका–३ का जिल्ला उपाध्यक्ष २३ वर्षीय बाबुराम विश्वकर्मा र सोही ठाउँका जिल्ला सदस्य २३ वर्षीय शिव विकलाई सानीभेरी गाउँपालिका–३ पेदिबजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले जानकारी दिनुभयो ।

आरोपितहरूले लुकीछिपी कार्यक्रम गर्दै संगठन बिस्तार गरिरहेको सूचना पाएपछि गिरफ्तार गरिएको डिएसपी केसीको भनाइ छ ।

आरोपितहरूको स्वास्थ्य परीक्षण मङ्सिर २३ गते जिल्ला अस्पताल सल्लेमा गरिएको डाक्टर महेश चौलागाइले बताउनुभयो ।


मनिषा केसी