प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७७ मङ्सिर १० गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पाटीका कार्यकर्ता बिजयनगर गाउँपालिका– ४ त्रिपालनगरका ३९ वर्षीय देवराज देवकी र बिजयनगर गाँउपालिका– १ नेउलागञ्जका ४९ वर्षीय जोखु थारूलाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

नेत्र विक्रम चन्द ९विप्लव० को  गाँँउ शिवगढी क्षेत्रका हरेक घरमा छापा हानेर देवराजलाई उक्त पाटीको झण्डा र पर्चा फेला परे पछि पत्थरदेइया  प्रहरी चौकीले गिरफ्तार गरेको र जोखु थारूलाई हतियारसहित गिरफ्तार रेकोजिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितद्वयको स्वास्थ्य परीक्षण नगरिएको डिएसपी भण्डारीले बताउनु भयो ।


पार्वती आचार्य