प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
जिल्ला सेक्रेटरी मुसीकोट नगरपालिका– ६ का ३९ वर्षीय हिरामनी रावल, जिल्ला कमिटी सदस्य त्रीवेणी गाउँपालिका– ५ का २८ वर्षीय घमण्ड महर, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष त्रीवेणी गाउँपालिका– २ का १९ वर्षीय प्रेम प्रशान्त बोहरा, र पार्टी कार्यकर्ता त्रीवेणी गाउँपालिका– १ का २० वर्षीय तुलबहादुर घर्तीलाई ०७७ साउन २१ गते राती गिरफ्तार गरेको डिएसपी ठगबहादुर केसीले बताउनुभयो ।
विप्लव समूहले लुकिछिपी कार्यक्रम गर्न लागेको सुचना पाएपछि आठवीसकोट नगरपालिका –९ राडीबजारको एक होटेलको कोठामा छलफल गरिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको डिएसपी केसीले जानकारी दिनुभयो ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
समान कामको समान ज्याला नपाएको महिलाको गुनासो
तिला गाउँपालिका–५ डुङ्ग्री गाउँका महिलाले डुङग्री गाउँको प्राथमिक विद्यालयमा दिनभर घेरवार निर्माण गर्दा समान कामको समान ज्याला नपाएको गुनासो गरेका छन् । विद्यालयको घेरवार निमार्णको लागि दिनभर ढुङ्गा, बालुवा र…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नपा–७ का ४९ वर्षीय धनबहादुर मुखियालाई प्रहरीले…
मार्ने धम्की दिएको भन्दै वडा अध्यक्षद्वारा प्रहरीमा उजुरी
राजपुर गाउँपालिका–७ का अध्यक्ष ७२ वर्षीय भीमबहादुर खड्काले आफुलाई कार्यकक्षमै मार्ने धम्की दिएको भन्दै तुलसीपुर उपमनपा–१३ घर भई हाल राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका प्रधानाध्यापक ३६ वर्षीय विष्णु खत्री विरूद्ध…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया दुई जना युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बाणगङ्गा नपा–१० घरभई रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान २९ वर्षीय विशाल शर्मा, बाणगंगा नपा–१० कै २८ वर्षीय गुरुचरण चौधरीलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका ३३ वर्षीय कृष्ण विकलाई माघ ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित…