प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७७ असार १५ गते

प्रतिबन्धित नेकपाका धनगढी नगर इन्चार्जसहित ६ जना कार्यकर्तालाई प्रहरीले असार १३ गते धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा बाजुरा जिल्ला त्रिवेणी नगरपालिका–३ का ३० वर्षीय प्रकाश रावल, बझाङ जिल्ला खप्तडछान्ना गाउँपालिका—२ का ३० वर्षीय बबरजंग सिह, धनगढी उपमहानगरपालिका–२ का ४० वर्षीय डम्बर सुनार, धनगढी उपमहानगरपालिका–९ का ४८ वर्षीय दलबहादुर विक, धनगढी उपमहानगरपालिका—७ का २५ वर्षीय सुवास जोशी र धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय  लक्की शाह रहेका छन् ।

प्रहरीको फरार सूचीमा  रहेका प्रतिबन्धित नेकपाका नेता दलबहादुर  विकको खोजी गर्दै जाँदा गोप्य सूचनाका आधारमा धनगढी उपमहानगरपालिका– १२ जुगेडाबाट गिरफ्तार गर्ने क्रममा उहाँसँगै रहेका नेकपाका कार्यकर्ताहरुले प्रहरीमाथि अभद्र व्यवहार गरेपछि विकसहित अन्य पाँच जनालाई पनि गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।


मैनामोती चौधरी