प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
प्रतिबन्धित नेकपाका धनगढी नगर इन्चार्जसहित ६ जना कार्यकर्तालाई प्रहरीले असार १३ गते धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा बाजुरा जिल्ला त्रिवेणी नगपालिका–३ का ३० वर्षीय प्रकाश रावल, बझाङ जिल्ला खप्तडछान्ना गाउँपालिका—२ का ३० वर्षीय बबरजंग सिह, धनगढी उपमहानगरपालिका—२ का ४० वर्षीय डम्बर सुनार, धनगढी उपमहानगरपालिका—९ का ४८ वर्षीय दलबहादुर विक, धनगढी उपमहानगरपालिका—७ का २५ वर्षीय सुवास जोशी र धनगढी उपमहानगरपालिका—२ का २२ वर्षीय लक्की शाह रहेका छन् ।
प्रहरीको फरार सूचीमा रहेका प्रतिबन्धित नेकपाका नेता दलबहादुर विकको खोजी गर्दै जाँदा गोप्य सूचनाका आधारमा धनगढी उपमहानगरपालिका– १२ जुगेडामा गिरफ्तार गर्ने क्रममा उहाँसँगै रहेका नेकपाका कार्यकर्ताहरुले प्रहरीमाथि अभद्र व्यवहार गरेपछि विकसहित अन्य पाँच जनालाई पनि गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…