प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  २०७७ जेठ २४ गते

जुम्लाको सिञ्जा गाउँपालिका– १ निवासी प्रतिबन्धित नेकपाका कार्यकर्ता २९ वर्षीय शक्तसिंह रोकायालाई प्रहरीले जेठ २३ मा गिरफ्तार गरेको छ ।

सिञ्जा गाउँपालिकामा मसाल जुलुस निकालेर एमसिसिको विरोध गरिरहेको अवस्थामा नराकोट प्रहरी चौकीले गिरफ्तार गरेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताउनुभयो ।

पक्राउ परेका रोकायालाई म्याद थप गरी अभद्र व्यवहारको मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।


मानदत्त रावल