प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७७ असार २३ गते

प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुर पूर्व जिल्ला सेक्रेटरी भएको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कका मादेन भनिने ४० वर्षीय मोहन राइलाई असार २२ गते गिरफ्तार गरेको छ ।

आरोपितविरूद्ध सङ्गठित तथा विष्फोटक पदार्थ सम्बन्धी कसुरमा कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

गिरफ्तारीमा परेका राइको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २२ गते गरिएको इन्स्पेक्टर लामाले बताउनुभयो ।


गणेश विष्ट