प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ चैत ३ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता मदाने गाउँपालिका–६ का ४६ वर्षीय बसन्त गैरे भनिने सन्ते नेपालीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।

मदाने गाउँपालिकामा सङ्गठनको कामकोलागि आएको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पुर्कोटदहको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर राजकुमार रावलले बताउनु भयो ।

 


टोपलाल अर्याल