प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनःगिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता त्रिवेणी गाउँपालिका – जुगारका ४० वर्षीय पूर्णबहादुर बिक र सोही गापा–६ का ३८ वर्षीय खेमराज पुन मगरलाई प्रहरीले कात्तिक २१ गते पुनः गिरफ्तार गरेको छ ।
आरोपितद्वयलाई प्रहरीले कात्तिक १९ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतले कात्तिक २७ गते धरौटीमा रिहा गर्न आदेश दिएपनि धरौटी रकम बुझाउन नसक्दा कारागार चलान गरिएको थियो । फागुन २१ गते धरौटी रकम बुझाएर रिहा भएका उनीहरूलाई गिरफ्तार गरी प्यूठान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनायो ।
हरिसरा घर्ती
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…